कमल थापालाई भेट्न पुगेका राप्रपाका सांसद् दिपक सिंह

काठमाडाैं, जेठ १८ ।
राप्रपाका सांसद् दिपक सिंह पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं परिसरबाटै आज आइतबार साँझ उनी पक्राउ परेका हुन् ।
दिउँसो प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका उनी पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।
राजावादी समूहले बिहओबारदेखि काठमाडौं केन्द्रित प्रदर्शन गर्दै आएका छन् । सोही क्रममा उनीहरूले नारायणचौर क्षेत्रमा आइतबार प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया