रिहाइको माग गर्दै राप्रपाद्वारा राँके जुलुस, थापा र सिंहसहित ७ जना रिहा

काठमाडाैं, जेठ १८ ।
राजसंस्था पुनर्स्थापनाको आन्दोनलमा सहभागी हुँदा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै राँके जुलुस निकालिएको छ ।
राप्रपा नेपालका कार्यकर्ताले आज आइतबार साँझ कालोपुल, सिफल क्षेत्रमा राँके जुलुस निकालेका हुन् ।
जनआन्दोलन समितिले गरेको आन्दोलनमा सहभागी थापालाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले लछार-पछार गर्दै पक्राउ गरेको थियो । प्रहरीले उनलाई आजै रिहा गिएको छ ।
यसैबीच, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद् दिपक सिंहसहित ७ जना छुटेका छन् । उनीहरूलाई रिहा गरिसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।
आइतबार राजावादीहरूको प्रदर्शनस्थलबाट पक्राउ परेका डा. राजिव झा भने नछुट्ने भएका छन् । उनलाई मुद्दा चलाउने प्रहरीको तयारी छ । पक्राउ परेका ८ जना मध्ये ७ जनालाई रिहा गरिएको प्रहरीले जनाएको छ ।
रौतहट घर भएका ४५ वर्षीय झाले मापसे गरेको भेटिएको छ । आन्दोलनको क्रममा प्रहरीले कमल थापा, ललितपुर घर भएकी ६२ वर्षीया शिला राणा, भक्तपुर घर भएका रामचन्द्र लामिछाने, टोखाका बिनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया