सार्वजनिक यातायात व्यावसायीद्वारा आज बिहानैदेखि उपत्यकामा यातायात ठप्प

काठमाडाैं, जेठ १९ ।
सरकारले ‘राइड सेयरिङ’लाई कानूनी मान्यता दिएको विरोधमा आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यावसायीले आज सोमबार बिहानैदेखि काठमाडौं उपत्यकामा यातायात ठप्प पारेका छन् ।
गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा निजी सवारी साधनलाई पनि यात्रु ओसार-पसारमा प्रयोग गर्न दिने वैधानिक व्यवस्था मिलाएको भन्दै आन्दोलित व्यावसायीले सोमबारदेखि सवारी साधन घर, ग्यारेजमा थन्काएर देशभर सेवा बन्द गरेका हुन् । यसको प्रत्यक्ष असर यात्रुहरूमा पर्न गएको छ । गन्तव्यमा पुग्नका लागि निस्किएका उनीहरूबीच बाटोमै अलपत्र परेका छन् ।
आन्दोलनमा सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यावसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सक्रिय छन् ।
प्रतिक्रिया