यातायात व्यावसायीद्वारा भोलिदेखि आन्दोलन थप सशक्त बनाउने

प्रकाशित मिति: २१ जेष्ठ २०८२, मंगलवार १७:५६


काठमाडाैं, जेठ २० ।
यातायात व्यावसायीहरूले भोलि बुधबारदेखि आन्दोलन थप सशक्त रूपबाट अघि बढाउने भएका छन् ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिले आज मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्घीय सरकारसँग भएको सहमतिलाई गण्डकी प्रदेश सरकारले सहमतिअनुसार कार्यान्वयन नभएमा भोलिदेखिको आन्दोलन थप सशक्त रूपबाट अघि बढाइने बताएको हो ।

‘सङ्घीय सरकारसँग भएको सहमतिलाई गण्डकी प्रदेश सरकारले सहमतिअनुसार कार्यान्वयन नभएमा भोलिदेखिको आन्दोलन अझ सशक्त रुपबाट अगाडि बढाइने ब्यहोरा यसै प्रेस विज्ञप्तिमार्फत् सम्बन्धित सबै पक्षमा अनुरोध गरिन्छ,’ सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समिति अध्यक्ष विजय बहादुर स्वारद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

सङ्घीय सरकारसँग वार्ता र संवाद भइरहेको हुँदा आन्दोलन निरन्तर रहेकोले कुनै भ्रममा नपर्न आग्रहसमेत गरिएको छ । यातायात व्यावसायीहरूले सोमबारदेखि सार्वजनिक सवारी साधन घर, ग्यारेजमा थन्काएर गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङको विरोध गरिरहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....