यातायात व्यावसायीद्वारा आन्दोलनका कार्यक्रम फिर्ता

प्रकाशित मिति: २१ जेष्ठ २०८२, मंगलवार २१:०९


काठमाडाैं, जेठ २० ।
दुई दिनदेखि आन्दोलनमा रहेका यातायात व्यावसायीहरूले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

गण्डकी प्रदेश सरकारले राइड शेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि व्यावसायीले आन्दोलन फिर्ता लिएका हुन् ।

गण्डकी प्रदेश सरकारको निर्णय प्राप्त भएसँगै आज मंगलबार बेलुकैबाट गाडी चलाउने गरी आन्दोलन फिर्ता लिएको यातायात व्यावसायीहरूले जनाएका छन् ।

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारले हालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

यद्यपि, मंगलबार अबेर भइसकेकाले अब सार्वजनिक यातायात भोलि बुधबार बिहानबाट मात्र औपचारिक रूपमा सञ्चालनमा आउने छन् । अहिले सडकमा छिटफुट गाडी गुडिरहेका छन् ।

यातायात व्यावसायीसँग भएको सहमतिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नियमावली स्थगित गर्न प्रदेश सरकारलाई मंगलबार नै पत्राचार गरेको थियो ।

संघीय सरकारको पत्राचारपछि गण्डकीले एक महिनाका लागि नियमावली स्थगित गर्ने निर्णय गरेको छ ।

गण्डकी प्रदेश सरकारले राइड शेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यावसायीले आन्दोलन गर्दै आएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....