यातायात व्यावसायीद्वारा आन्दाेलन फिर्तासँगै आजबाट सार्वजनिक गाडी सञ्चालनमा

प्रकाशित मिति: २२ जेष्ठ २०८२, बुधबार ०७:३६


काठमाडाैं, जेठ २१ ।
यातायात व्यावसायीले आन्दोलन स्थगित गरेसंगै आज बुधबार बिहानदेखि सार्वजनिक गाडी चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड शेयरिङ नियमावली’ स्थगन गर्ने निर्णय गरेपछि यातायात व्यावसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । मंगलबार बेलुका बसेको यातायात व्यावसायीको बैठकले तत्कालका लागि आन्दोलन फिर्ता लिने निर्णय गरेको हो ।

आन्दोलन स्थगन भएसँगै आज बिहानबाट सार्वजनिक यातायात नियमित भएका हुन् । गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ नियमावली’लाई एक महिनाको लागि स्थगित गरेपछि यातायात व्यावसायी सवारी साधन चलाउन सहमत भएका हुन् ।

सरकार र यातायात व्यावसायीबीच पटक-पटक वार्तापछि भएको सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत् गण्डकी प्रदेश सरकार समक्ष पठाइएको थियो । त्यसैका आधारमा गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको हो । सोमबार सरकार र यातायात व्यावसायीबीच मध्यरातमा सहमति भएको थियो । तर, सहमतिको कार्यान्वयन नभएको भन्दै मंगलबार दिनभर पनि व्यावसायीले सार्वजनिक गाडी चलाएका थिएनन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....