बुधबार देशभर विभिन्न स्थानमा वर्षा हुने सम्भावना

प्रकाशित मिति: २२ जेष्ठ २०८२, बुधबार १९:११


काठमाडौं, जेठ २१ ।
आज जेठ २१ बुधबार पनि देशभर विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज साँझ ६ बजे जारी गरेको बुलेटिनअनुसार राति कोशी प्रदेश, मधेश प्रदेश र वागमती प्रदेशका केही स्थान, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

साथै कोशी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका ‍एक/दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....