राजपालाई चुनाव केन्द्रित हुन भारतीय राजदूतको आग्रह

काठमाडौं, जेठ १६ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठक छाडेर राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका सदस्यहरू भारतीय दुतावास पुगेका छन् ।
कांग्रेस सभापति देउवाले बिहान साढे ८ बजे संसद भवनमा बैठक बोलाएका थिए तर राजपामा शीर्ष नेताहरू सोहि समयमा भारतीय दुतावास लैनचौरमा गएको स्रोतले जानकारी दिएका थिए । सरकारले सोमबार हिजो मात्रै दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति जेठ ३१ गतेबाट सारेर असार ९ गते गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार राजपालाई चुनावमा केन्द्रित हुन भारतीय राजदूतले आग्रह गरेका छन् ।
भारतीय दूतावासमा महन्थ ठाकुर, शरतसिह भण्डारी, राजेन्द्र महतो, अनिल झा लगायत गएका थिए ।
सहमतिका लागि कांग्रेस सभापतिले बोलाएको बैठकमा जंगीलाल राय, लक्ष्मणलाल कर्ण, धर्मेन्द्र झा लगायत सहभागी भएका थिए भने सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेद्वारा बहिस्कार गरेको थियो ।
प्रतिक्रिया