श्रीलंकाका पूर्व क्रिकेटरले आफ्नो श्रीमतीसँगको सेक्स भिडियो सार्वजनिक

एजेन्सी, जेठ १६ ।
श्रीलंकाको क्रिकेट टीममा एक क्रिकेटर थियो जो हावा जस्तो आउँथ्यो र धुम मच्चाएर जान्थ्यो । नाम हो पूर्व क्रिकेटर सनथ जयसूर्या । वन–डे मा ३२ र टेस्ट म्याचमा ४० का एभरेज बनाएको थियो । क्रिकेट छाडेर राजनीतिमा लाग्यो केही समयपछि महिन्द्रा राजपक्ष सरकारमा पोस्टल सर्भिसकाे डिप्टी मिनिस्टर र अरू रुरल डेभलभमेण्ट मिनिस्ट्रीमा डिप्टी मिनिस्टर भएका थिए ।
अब समय बदलिएको छ, जयसूर्याले सेक्स भिडियो लिक गरेकोमा एक महिलाले सेक्सुएल हरासमेन्टका आरोप लगाएका छन् ।
सोसल मिडियामा लिक भएको भिडियोमा जयसूर्यासँग आफ्नी पूर्व प्रेमिका देखिएका छन् । भिडियो रिपोर्टकाअनुसार जयसूर्या आफैँले उक्त भिडियो सोसल मिडियामा लिक गरेका हुन् । आफ्नो पूर्व प्रेमिकासँग बदला लिन यस्तो गरिएको बताइएको छ । यसबारे नेशनल साइबर सेक्युरिटी समूहले अनुसन्धान जारी राखेको छ ।
भिडियोमा सँगै देखिएकी महिला मलिका सिरिसेना हुन् । उनी एयरहोस्टेज थिइन् र चर्चित नायिका पनि हुन् । मिडिया रिपोर्टकाअनुसार जयसूर्याले मलिकासँग सन् २०१४ मा तेश्राे विवाह गरेका थिए । त्यसको केही समयपश्चात् मलिकाले जयसूर्यालाई छाडेर एक व्यापारीसँग विवाह गरिन् । मलिकाले पनि उक्त भिडियो जयसूर्याले नै लिक गरेको दाबी गरेकी छन् ।
पूर्व क्रिकेटर जयसूर्या आफ्नो निजी जीवनका कारण धेरै विवादमा रहेका छन् । उनले अहिलेसम्म तीन पटक बिहे गरिसकेका छन् । तीन पटकै असफल रहे ।
उनको पहिलो विवाह सन् १९९८ मा एयर श्रीलङ्काकी ग्राउण्ड होस्टेज सुमुदु करुणानायकसँग भयो जुन एक वर्षमा नै डिभाेर्स भयो । दोश्राे विवाह पनि उनले एयर होस्टेज सन्द्रा डिसिल्वासँग गरे । उनीबाट जयसूर्याका तीन सन्तान छन् । यसैबीच सन् २०१२ मा उनी मलिकासँग नजिकिएका थिए । जसका कारण उनले दोश्राे श्रीमतीसँग सम्बन्धविच्छेद गर्नुपरेको थियो । मिडिया रिपोर्टकाअनुसार जयसूर्या र मलिकाले मन्दिरमा गएर गोप्य तरिकाले विवाह गरेका थिए ।
श्रीलंकाका पूर्व क्रिकेटर जयसूर्यासम्बन्धी भिडियोको बारेमा चर्चा भईरहँदा दुई वटा कुरा हुन सक्छ एक सेक्स भिडियो अरूले चोरेर सोसल मिडियामा अपलोड गरिएको हुनुपर्छ या त जयसूर्या आफैँले सोसल मिडियामा अपलोड गरेको हुनसक्छ ।
जानकारीका लागि जयसूर्यालाई श्रीलंकामा इज्जतसाथ सम्मान गरिन्छ र ऊ आफैँ पनि बेइज्जत हुन चाहँदैनन् ।
प्रतिक्रिया