‘जय नेपाल’ नगरेको निहुँमा डीएसपीद्वारा ट्राफिक हवल्दारलाई मरणासन्न गरी कुटपिट

प्रकाशित मिति: २६ माघ २०७३, बुधबार ०७:००


काठमाडौं, माघ २६ ।
‘जय नेपाल’ नगरेको निहुँमा प्यूठान प्रहरी प्रमुखले जिल्लामा कार्यरत एक ट्राफिक प्रहरी हवल्दारलाई कुटपिट गरेका छन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा चार घण्टा राखेर आफूलाई कुटेको आरोप ती हवल्दारले लगाए ।

सोमबार दिउँसो बिजुवारको क्वाडीमा ड्युटीमा रहेका अस्थायी प्रहरी पोष्ट बिजुवारका प्रहरी हवल्दार त्रिचन्द्र डीसीलाई जिल्ला प्रहरी प्रमुख रञ्जितसिंह राठौरले कुटपिट गरेको हवल्दार डीसीले बताए ।

ट्राफिकको युनिफर्ममै हतकडी लगाएर चार घण्टा हिरासतमा राखी आफूलाई मरणासन्न हुने गरी कुटपिट गरेको डीसीले जानकारी दिए ।

‘म र एक जना भाई क्वाडीमा नियमित चेकिङमा थियौँ । एक छेउमा जरिवाना काटिरहेको थिएँ । त्यही बेला प्रहरी प्रमुख र डीएसपीसाप आउनु भएछ । काममा भएकोले देखिन । अर्को भाई सडकमै थियो उसले देखेछ । मैले नदेखेकोले ‘जय नेपाल’ गर्न सकिन । पछि त्यहीँ निहुँ बनाएर मलाई जिल्ला प्रहरीमा बोलाई कुटपिट गरे’ उनले भने ।

डीएसपी राठौरको कुटाईबाट प्रहरी हवल्दार डीसीको बाँया हातमा निलडाम हुने गरी चोट लागेको छ । डीसीले डीएसपीको निर्देशनमा हतकडी लगाएर नै अस्पताल लगेर उपचार गराइएको बताए । डीसीले आफूमाथी डीएसपी राठौरले गरेको कुटपिटबारे राप्ती अञ्चल प्रहरी प्रमुखलाई जानकारी गराएको बताए ।

तर, डीएसपी राठौरले भने अनुशासनहीन काम गरेकाले कार्यालयमा बोलाएर सामान्य सोधपुछ मात्रै गरेको बताएका छन् ।
आजको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....