लपुमनपाका नयाँ मेयर र उपमेयरलाई बाणिज्य संघद्वारा सम्मान

ललितपुर, जेठ १७ ।
ललितपुर उद्योग बाणिज्य संघको आयोजनामा नवनिर्वाचित ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उपमेयर गीता सत्याल तथा वडाअध्यक्षहरू र नेपाल उद्योग बाणिज्य संघकी अध्यक्ष पदमा निर्वाचित भवानी राणासहितलाई विशेष कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
कार्यक्रममा बोल्दै भवानी राणाले आफूलाई यसरी बढाई तथा शुभकामना व्यक्त गरेकोमा उद्योग बाणिज्य संघप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै थप जिम्मेवारी बढेको धारणा व्यक्त गरेकी थिइन् ।
यसैगरी, ललितपुर महानगरका नयाँ मेयर चिरीबाबु महर्जनले आफूहरूलाई उद्योग बाणिज्य संघले सम्मान गरेर काम गर्न थप हौसला प्रदान गरेकोमा धन्यवाद ज्ञापन दिँदै महर्जनले आउँदो दिनमा ललितपुर उद्योग बाणिज्य संघलाई आफूहरूले हरेक कार्यमा हरसम्भव सहयोग र समर्थन रही रहनेमा जोड दिएका छन् ।
कार्यक्रममा ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष सबिन श्रेष्ठले नवनिर्वाचित सबै उम्मेदवारहरूको सफल कार्यकालको शुभकामना दिँदै देश र जनताका लागि सदैव दत्तचित्त भएर लागिरहनेमा आफूहरू विश्वस्त रहेको बताए । कार्यक्रममा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष अजरमान जोशीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया