(अपडेट) काबुलमा आत्मघाती बम विस्फोटमा परी ८० को मृत्यु, ३५० भन्दा बढी घाइते

प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार १४:१३


एजेन्सी, जेठ १७ ।
अफगानिस्तानको राजधानी काबुलमा राष्ट्रपति भवन र धेरै विदेशी दूतावासहरू रहेको जर्मनी दूतावास क्षेत्रमा आत्मघाती बम विष्फोटमा परी मृत्यु हुनेको संख्या ८० पुगेको छ भने घटनामा अन्य ३ सयभन्दा बढी घाइते भएका छन् ।


अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार काबुलको जानबाक स्क्वायर नजिक रहेको जर्मन दूतावासलाई लक्षित उक्त बम विष्फोट गराइएको हो ।

विष्फोटक पदार्थले भरिएको एउटा गाडीबीच सडकमा एक्कासी विष्फोट हुँदा घटनामा ज्यान गुमाउने र घाइते हुनेहरू प्रायः जसो सर्वसाधारण नागरिक रहेको जनाएको छ ।

विस्फोट निकै शक्तिशाली रहेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीय समय अनुसार आज बिहान ८ बजेर २५ मिनेटमा विस्फोट भएको हो । अहिलेसम्म घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन ।

हाल त्यहाँ उद्धार कार्य जारी छ । ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अफगानी अधिकारीहरूले बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....