निर्वाचनको मिति पुनः सार्न सक्ने हल्लाले स्थानीय निर्वाचन बारेमा शङ्का

कैलाली, जेठ १७ ।
दोश्रो चरणको स्थानीय तह निर्वाचनको मिति पुनः सार्न सक्ने हल्लाले कैलालीका कतिपय ठाउँका स्थानीयमा चुनाव नै नहुने हो की भनेर शङ्का गर्न थालेका छन् ।
सरकारले दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन जेठ ३१ गतेका लागि तोकिएको थियो । त्यसपछि गत सोमबार मात्रै सरकारले सो निर्वाचन असार ९ गते हुने मिति तोकिएको छ ।
अहिले आएर पुनः असार १४ गतेका लागि निर्वाचनको मिति सार्न सकिने हल्ला भएपछि निर्वाचन नै नहुने हो की भनेर यहाँका स्थानीयमा अन्यौलता छाएको हो ।
धनगढी उपमहानगरपालिका–२ का ७१ वर्षीय दलबहादुर साउदले पटक/पटक स्थानीय तहको निर्वाचनको मिति सार्ने कार्यले निर्वाचन हुने कि नुहनेमा स्थानीयमा अन्यौलता छाएको बताएका छन् ।
चुनाव प्रचारप्रसारका लागि जुटेका विभिन्न दलका नेता तथा कार्यकर्तामासमेत चुनाव कहिले हुने हो भने अन्यौलता देखिएको छ ।
प्रतिक्रिया