मतगणनाबारे छानबिन समिति गठन गरेका कारण एमालेद्वारा भोली चितवन बन्द

प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार १८:११


काठमाडौं, जेठ १७ ।
स्थानीय निर्वाचन समयमा बन्द तथा हडताल जस्ता कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेको एमालेले चितवन बन्द गर्ने घोषणा गरेको छ ।

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणनाबारे छानबिन समिति गठन गरेको विरोधमा नेकपा एमालेले भोली चितवन बन्द गर्ने भएको छ ।

निर्वाचन आयोगले १९ नम्बर वडाको मतपत्र च्यातिएको बारेमा सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेपनि एमालेले भने त्यसको विरोध गरेको छ ।

कतिपयले एमालेले छानबिन समितिको विरोध गरेको घटनालाई अर्थपूर्ण रूपमा लिएका छन् । गल्ती नगरेको भए किन छानबिन समितिको विरोध गरेको हो भन्ने कुरा सामाजिक सञ्जालमा व्यापक देखिन्छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....