असार १४ गते निर्वाचन गर्ने निर्णयको स्वागत

काठमाडौं, जेठ १८ ।
राष्ट्रिय जनता पार्टीको नेतृत्वको सङ्घीय गठबन्धनले दोश्रो चरणको स्थानीय तह निर्वाचन असार १४ गते गर्ने निर्णयको स्वागत गर्दै पूर्वनिर्धारित आन्दोलन फिर्ता लिने निर्णय गरेको छ ।
गठबन्धनले दोश्रो चरणको घोषित निर्वाचन मिति, उम्मेदवारी दर्तालगायतका कार्यक्रम परिवर्तन गरी निर्वाचनको नयाँ मितिसमेत तय भएको अवस्थामा आमजनताको कठिनाईलाई ध्यानमा राख्दै पूर्वघोषित मधेश, थरूहट र लिम्बुवान बन्दका कार्यक्रम स्थगन गर्ने गरेको गठनबन्धनका संयोजक महन्थ ठाकुरद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया