काठमाडौं महानगरलाई ‘सफा सहर’ गर्ने अभियान सुरु

प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहीबार ११:५७


काठमाडौं, जेठ १८ ।
काठमाडौंलाई सफासुग्घर बनाउन महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले आजदेखि ‘सफा सहर’ गर्ने अभियान सुरु गरेका छन् ।

बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका मेयर शाक्य र उपमेयर खड्गीले आज बूढानीलकण्ड नगरपालिका र काठमाडौं महानगरपालिकाको सिमानामा रहेको बाँसबारीबाट उक्त अभियानको सुरुवात गरेका हुन् ।

काठमाडौंलाई सफा बनाउने अठोटका साथ अभियान सुरु गरिएको हो, देखाउनका लागि मात्र होइन, मेयर शाक्यले भनेका छन् ।

सोही अवसरमा उपमेयर खड्गीले सहर सफा गर्ने कामका लागि मात्र नभई महानगरका सम्पूर्ण कार्य गर्न नगरवासीको सहयोगको आवश्यक रहेको बताए ।

उक्त कार्यक्रममा स्थानीय बासिन्दा, सामाजिक सङ्घ-संस्थाका प्रतिनिधि, काठमाडौं महानगरका कर्मचारीलगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....