प्रतिपक्ष दल एमालेद्वारा आज पनि संसदमा अवरोध

प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहीबार १४:२९


काठमाडौं, जेठ १८ ।
व्यवस्थापिका–संसद्को आजको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ ।

भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको एमालेले आज दोस्रो दिन सदन अवरोध गरेको हो । बैठक आरम्भ हुनासाथ एमालेका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

एमालेका सांसदहरू उठेपछि नियमापत्ति गर्दै नेकपा (माओवादी केन्द्र)का रामनारायण बिँडारीले बोल्न समय माग गरेका थिए तर उनले बोल्न पाएनन् ।

विरोध जनाइरहेका सांसदहरूलाई बस्न आग्रह गर्दा नमानेपछि सभामुख ओनसरी घर्तीले विपक्षीले अवरोध गरेको अवस्थामा संसद्को कार्यबाही अघि बढ्न नसक्ने जनाएर बैठक यहीँ जेठ २१ गते आइतबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको घोषणा गरेका छन् ।

स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकामा केही मतपत्र च्यातिएका नाममा पुनः मतदान नगराई मतगणना जारी राख्नुपर्ने एमालेको माग रहेको छ ।

आजको बैठकमा बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्नेसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने र आगामी आर्थिक वर्षको सरकारको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....