भरतपुर महानगरपालिकामा माओवादीका तर्फबाट ९० वटा मतपत्रमा क्षति

प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहीबार १७:०५


चितवन, जेठ १८ ।
भरतपुर महानगरपालिका मतगणनाका क्रममा च्यातिएको मतपत्रको घटनाको विषयलाई लिएर निर्वाचन आयोगका पदाधिकारीहरूबीच मतभेद देखिएको छ । भरतपुरमा मतगणना अघि बढाउने कि पुनः मतदान गराउने भन्ने विषयमा प्रमुख निर्वाचन आयुक्त र सदस्यहरूबीच मतभेद देखिएको हो ।

भरतपुर घटनाका विषयमा सहमहान्यायाधिक्ता गिताप्रसाद तिम्सिनाको संयोजकत्वमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेपछि बुधबार बसेको आयोगमा बैठकमा पदाधिकारीहरूबीच नै मतभेद सुरु भएको स्रोतले बताएको छ ।

बुधबार बुझाइएको प्रतिवेदनमा कति संख्यामा मतपत्र च्यातिएको हो भन्ने उल्लेख नगरेको हुनाले साँझसम्म पनि मतगणना वा पुनः मतदान भन्ने कुरामा टुग्गों लाग्न नसकेपछि आयोगले भरतपुर महानगरपालिका–१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको संख्या यकिन गरी प्रतिवेदन पठाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।

उक्त घटनामा ९० मतपत्र च्यातिएको पाइएको छ । निर्वाचन आयोगको निर्देशनबमोजिम क्षति पुगेका मतको संख्या यकिन गर्न पोका खोल्ने क्रममा ९० वटा मत क्षतिपुगेको अवस्थामा पाइएको हो ।

अब मुख्य निर्वाचन कार्यालयले क्षति पुगेको मतको संख्या उल्लेख गरी निर्वाचन आयोगलाई जानकारी गराएपछि पुनः मतदान वा मतगणना गर्ने भन्ने विषयमा आयोगले निर्णय लिने छ । गत १४ गते राति १९ नम्बर वडाको मतगणनाको क्रममा मतपत्र च्यातिएको हो । माओवादीका तर्फबाट मतगणनामा सहभागी रहेका प्रतिनिधिले मतपत्र च्यात्न थालेपछि त्यहाँ विवाद चर्किएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....