चीनसँग जोडेको कोदारी राजमार्ग शीघ्र सञ्चालन हुनेमा मन्त्री थकाली आशावादी

प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहीबार १७:२२


काठमाडौं, जेठ १८ ।
वाणिज्यमन्त्री रोमी गौचन थकालीले २०७२ सालको भूकम्पपछि बन्द रहेको कोदारी राजमार्ग शीघ्र सञ्चालन हुनेमा आफू आशावादी रहेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले छिमेकी चीनसँगको तातोपानी नाका पुनः सञ्चालन गर्न चीन अत्यन्त सकारात्मक रहेको जानकारी दिँदै त्यस सम्बन्धमा शीघ्र निष्कर्षमा पुगिने बताए ।

त्यहाँ निर्माणाधीन सुक्खा बन्दरगाहको अवरुद्ध काम द्रुत गतिमा भइरहेको र भूकम्पजस्ता प्राकृतिक विपत्तिबाट फेरि उक्त बन्दरगाहमा क्षति नपुगोस् भन्ने हेतुले प्रतीरक्षात्मक पर्खाल निर्माण भइरहेको जानकारी उनले दिए ।

रसुवागढी नाकामा सुक्खा बन्दरगाह निर्माणका लागि जग्गाको मुआब्जा वितरण पूरा भई बन्दरगाहको विस्तृत प्रारुप बनाउन थालिएको छ । नेपाल–चीन व्यापार वृद्धि तथा त्यससँग सम्बन्धित कामलाई मन्त्रालयले उच्च प्राथमिकताका साथ अघि बढाएको जानकारी दिँदै मन्त्री थकालीले भने ।

रसुवागढी बन्ने उक्त बन्दरगाहसम्बन्धी सहमतिपत्र परराष्ट्र मन्त्रालय पठाइसकिएको र उक्त मन्त्रालयले चीनसँग थप छलफल गरी चाँडो टुङ्गो लगाउने उनले बताए ।

व्यापार सहजीकरण तथा व्यापार पूर्वाधार निर्माण, सूचना प्रणालीमा आधारित व्यापार प्रणालीको विकास, वस्तु विकास तथा निर्यात प्रवद्र्धन, अनुसन्धान एवम् विकास, द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय व्यापार प्रवद्र्धनलगायत झन्डै दश महिनाको अवधिमा मन्त्रालयले सम्पादन गरेका कामबारे जानकारी दिँदै मन्त्री थकालीले सरकारी संरचना र संयन्त्रलाई आधुनिकीकरण गर्दै अघि बढेमा राष्ट्र निर्माणको लक्ष्य हासिल गर्न सकिने बताए ।

क्षमता र अनुभवका आधारमा हाम्रो कर्मचारीतन्त्र र संयन्त्र अब्बल छ, प्रविधिमा पनि उनीहरूलाई पोख्त तुल्याउँदै युनियनको राजनीतिबाट मुक्त राख्न सके सहज सेवा प्रवाहमा कुनै समस्या हुँदैन । देश र जनताप्रति समर्पित भएर सम्बद्ध सबैले इमानदारीपूर्वक आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले भने ।

हालसम्म चार लाख ५३ हजार दुई सय ७५ वटा व्यावसायिक फर्म अनलाइन प्रणालीमा आइसकेका, निजी क्षेत्रसँगको लागत साझेदारीमा सुर्खेत, लमजुङ, दोलखालगायत आठ जिल्लामा अदुवाको उत्पादकत्व र गुणस्तर सुधारका लागि उन्नत बीउ र प्राविधिक सहायता उपलब्ध गराउनका साथै पाँच जिल्लामा अलैँचीको गुणस्तर सुधार गरी अन्तर्राष्ट्रियस्तरको गुणस्तर कायम गर्न ७० स्थानमा अलैँची सुकाउने ‘ड्रायर’ किसानलाई वितरण गरिसकिएको, राजधानीको चोभारमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल बनाउन सर्भे तथा डिजाइन र गुरूयोजना निर्माण अन्तिम चरणमा पुगेको, पश्चिम नेपालको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि स्थान यकिन गर्न नेपाल र भारतबीच संयुक्त संयन्त्र गठन भएको जानकारी पनि उनले दिए ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....