अध्यक्ष ओलीको दाबी, असार १४ को हिलोमा कांग्रेस र माओवादी पछारिन्छ

काठमाडौं, जेठ १८ ।
व्यवस्थापिका संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चुनावको मितिलाई पछि धकेलेर अत्यन्तै गैर जिम्मेवारपन देखाएको गम्भीर आरोप लगाएका छन् ।
उनले असार १४ गते निर्वाचनको मिति सार्ने सरकारको निर्णय, चुनावबाट भाग्ने नियतका साथ आएको दाबीसमेत गरेका छन् । उनले दोश्रो चरणको निर्वाचनमा पनि आफ्नो पार्टी विजयी हुने दाबी गर्दै उनले भने, असार १४ गतेको हिलोमा कांग्रेस र माओवादी केन्द्र नराम्रोसँग पछारिने भन्दै व्यंग्यसमेत गरे ।
अध्यक्ष ओलीले सरकार र सत्तारुढ कांग्रेस र माओवादी केन्द्र अपराध कर्ममा मात्रै लिप्त रहेको आरोप लगाए । अध्यक्ष ओलीले सत्तारुढ कांग्रेस र माओवादी केन्द्रसँग आफ्नो पार्टीसँग प्रतिस्पर्धा गर्ने कुनै तागत नरहेको दाबी गरे ।
अध्यक्ष ओलीले भरतपुर महानगरपालिकामा मतगणना रोकिनुमा मुख्य निर्वाचन अधिकृतको मुख्य हात रहेको दाबीसमेत गरेका छन् ।
प्रतिक्रिया