म्याद थप गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं, माघ २७ ।
आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक एकाएक स्थगित गरेको केही घण्टापछि अहिले पुनः बस्ने भएको छ ।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजबिनका लागि बेपत्ता आयोगको म्याद आजबाट सकिन लागेकोले त्यसको म्याद थप गर्न आकस्मिक रूपमा बैठक बोलाइएको हो । मन्त्रिपरिषद्मा हुने अरू निर्णयबारेमा भने खुलाइएको छैन ।
बैठकका लागि नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठक स्थगित गरिएको छ । हेडक्वाटर बैठक आज दिउँसो ३ बजेको लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बलदेबले प्रधानमन्त्रीको व्यस्तताको कारण बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।
आजको बैठकमा चुनावको मिति, राज्य पुनःसंरचना आयोगको प्रतिवेदन, सांगठनिक विषयलगायतका विषयमा छलफल हुने तय गरिएको थियो ।
प्रतिक्रिया