प्रधानमन्त्री चयन गर्न २१ गते निर्वाचन

प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार १७:३५


काठमाडौं, जेठ १९ ।
व्यवस्थापिका संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध जनाएपछि संसद् सचिवालयले सूचना टाँस गरेर नयाँ प्रधानमन्त्री चयन गर्न यहीँ जेठ २१ गते आइतबार निर्वाचन गर्ने भएको छ ।

व्यवस्थापिका संसद् नियमावली, २०७३ को नियम ४९ को उपदफा (२) बमोजिम आइतबार ११ बजे निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिकाअनुसार जेठ २० गते शनिबार भोलि बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारीको सूची प्रकाशन भोलि दिउँसो साढे ४ बजे गर्ने भएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....