भरतपुर मतगणना : आज उत्पन्न परिस्थितिको निरूपण हुने

काठमाडौं, जेठ २० ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले चितवन महानगरको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि उत्पन्न परिस्थितिको आजसम्म निरूपण हुने बताएका छन् ।
निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले नष्ट भएका मतपत्रलाई कसरी व्यवस्थापन गर्ने, मतगणना गर्ने की पुनः निर्वाचन गर्ने भन्ने विषयमा विभिन्न कोणबाट छलफल भए पनि निचोडमा पुग्न भने बाँकी रहेको जानकारी दिए ।
भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त गठबन्धनकातर्फबाट उम्मेदवार रहेकी रेणु दाहाल तथा नेकपा (एमाले)का उम्मेदवार देवी ज्ञवालीबीच तीब्र प्रतिस्पर्धा रहेको देखिएको छ ।
प्रतिक्रिया