एमालेले नयाँ प्रधानमन्त्रीका लागि उम्मेदवारी नदिने, संसद् अवरोध गर्ने तयारी

काठमाडौं, जेठ २० ।
व्यस्वस्थापिका संसदको दोस्रो ठूलो दल तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नयाँ प्रधानमन्त्रीका लागि उम्मेदवारी नदिने र भोलि संसद अपरोध गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राजिनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनका लागि शनिवारबाट निर्वाचन प्रक्रिया शुरु भएको छ । बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्ने प्रक्रिया शुरु भइ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएपछि एमाले स्थायी समितिको बैठकले आफ्नो पार्टीबाट प्रधानमन्त्रीमा उम्मेदवार नदिने र देउवालाई पनि समर्थन नगर्ने निर्णय गरेको जनाएको छ ।
नयाँ प्रधानमन्त्री चयनका लागि भएको निर्वाचन कार्यक्रमअनुसार शनिवार अपरान्ह ४ बजेसम्म मनोनयन दर्ता गर्ने र अपरान्ह ४ः ३० बजे उम्मेदवारको नामावली प्रकाशित गर्ने रहेको छ भने भोलि विहान ११ः ३० मा मतदान गरिनेछ ।
माओवादी केन्द्रको समर्थनमा शुरबहादुर देउवाले प्रधानमन्त्रीको उम्मेदवारी दिएपछि एमालेले बामदेव गौतमलाई अघि सार्ने चर्चा चले पनि अन्तिम समयमा उम्मेदवारी नदिने निर्णय गरेको जनाएको छ । एमालेको पार्टी स्थायी समिति बैठकले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने र संसद बैठक अवरोध गर्ने निर्णय गरेको हो ।
कांग्रेस सभापति देउवाले भने माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तथा लोकतान्त्रिक फोरम, समाजवादी जनता पार्टी, नेपाल अखण्ड पार्टी र नेकपा संयुक्तले समर्थन जनाएका छन् ।
प्रतिक्रिया