देउवा आफू प्रधानमन्त्री बन्न तगारो नहोस् भनी ओलीलाई भेट्न पुगे बालकोट

प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार १८:५४


काठमाडौं, जेठ २० ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न दौडधुपमा व्यस्त रहेका छन् । यसैबीच, आफू प्रधानमन्त्री बन्न कोही पनि तगारो नबनोस् भनी आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोटसम्म पुगेका छन् ।

भोलि हुने प्रधानमन्त्रीको निर्वाचनका दिन प्रमुख विपक्षी दल एमालेले संसद् बैठक अवरुद्ध पार्ने व्यापक चर्चा पाएपछि ओलीलाई फकाउन देउवा ओली निवास पुगेको श्रोतले बतायो ।

प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस सभापति देउवाले आजै उम्मेदवारी दिएका छन् । एमालेले भने पहिले वामदेव गौतमलाई उम्मेदवार बनाउने चर्चा चले तापनि पछि निर्वाचन प्रक्रिया बहिष्कार गर्ने बताएको छ । निर्वाचनको दिन संसद् चल्न नदिने पनि एमाले नेताहरूले घोषणासमेत गरिसकेका छन् ।

बालकोट पुग्नुअघि देउवाले राजपाका नेताहरूसँग पनि विशेष छलफल गरिसकेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....