भरतपुर घटनामा निर्वाचन आयोगको निर्णय उपयुक्त : कानूनमन्त्री नायक

प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार ११:०१


भक्तपुर, जेठ २१ ।
कानूनमन्त्री अजयशंकर नायकले भरतपुर घटनाका विषयमा निर्वाचन आयोगले गरेको निर्णय नै उपयुक्त भएको बताएका छन् ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री नायकले स्वतन्त्र र अधिकारप्रत्याभुत गरिएको निर्वाचन आयोगमाथि नै हस्तक्षेप गर्दै प्रतिपक्ष दल एमालेले संसद अवरुद्ध लगायतका गतिविधि अघि बढाउनु सकारात्मक नभएको बताएका छन् । उनले एमालेले पनि आयोगको निर्णय स्वीकानुपर्ने धारणा राखेका छन् ।

उनले विगतमा पनि एमालेका कार्यकर्ताले मतपत्र च्यात्दा पुनः मतदान गरिएका उदाहरण भएकोले अहिले निर्वाचनमा पनि फेरी मतदान गर्दा कुनै शंका गर्न नहुँने बताउँदै एमालेले गरेको विरोध अर्थहिन भएको दाबी गरे ।

मन्त्री नायकले आयोगले निर्णय गरी सकेको भरतपुरको घटनालाई लिएर नयाँ बुहमतिय सरकार गठनका बिषयमा एमालेले संसद अवरुद्ध गर्नु र प्रधानमन्त्री चयन प्रक्रिया प्रभावित बनाउन खोज्नु ठिक नभएको बताए ।

आयोगले गरेको निर्णय सबैले मान्नै पर्छ उनले भने एमालेले पनि नमान्ने भन्ने हुँदैन् यो विषयमा एमालेको सोचमा परिवतन आउन जरुरी छ ।

प्रतिपक्ष दल एमालेले यसरी नै संसद अवरुद्ध गर्ने हो र प्रधानमन्त्री चयनमा ढिलाई हुने हो भने दोस्रो चरणको स्थानीय तहको निर्वाचन समेत प्रभावित हुने मन्त्री नायकले बताए ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....