व्यवस्थापिका–संसद् बैठक ३ बजेसम्मका लागि स्थगित

प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार १२:२८


काठमाडौं, जेठ २१ ।
नयाँ प्रधानमन्त्रीका लागि आज बिहान ११ बजेका लागि बोलाइएको व्यवस्थापिका–संसद् बैठक दिउँसो ३ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेद्वारा भरतपुरको विषयलाई लिएर विरोध गर्दै संसद चल्न नदिने घोषणा गरेपछि छलफलका लाग भन्दै सभामुख ओनसरी घर्तीले शिर्ष नेताहरूको बैठक बोलाएको हो ।

एमालेले संसद् बैठक अवरुद्ध गर्ने अडान कायमै राखेपछि बैठक स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ ।

नेकपा एमालेले भरतपुरमा मतगणना सुचारु हुनुपर्ने माग राख्दै संसद् बैठक अवरुद्ध गर्दै आएकोमा नर्वाचन आयोगले भने भरतपुरमा स्थानीय निकाय निर्वाचन ऐन २०७३ अनुसार पुनः मतगणना गराउने निर्णय गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....