भक्तपुरका जनप्रतिनिधिलाई पत्रकार महासंघद्वारा सम्मान

प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार १४:३५


भक्तपुर, जेठ २१ ।
भक्तपुर जिल्लामा रहेका चार नगरपालिकाका नवनिर्वाचित प्रमुख र उप–प्रमुखहरूलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले आज एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ ।

यस कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा.महेन्द्र विष्टले चार नगरपालिकाका नवनिर्वााचित प्रमुख र उप–प्रमुखहरूलाई सम्मान पत्रले सम्मान गरेको थियो ।

स्वागत कार्यक्रमपछि बोल्दै नगरपालिकाका प्रमुखहरूले नगरपालिकाको आर्थिक समृद्धिका लागि निर्वाचन पूर्व आफूले गरेका प्रतिबद्धताहरूलाई अक्षरसः पालना गर्ने बताएका थिए ।

उक्त महासंघका केन्द्रीय अध्यक्ष डा. विष्टले सञ्चारकर्मी र  जनप्रतिनिधी एक अर्काका परिपुरक भएकोले समग्र विकास निर्माण र समृद्धिमा एक भएर लाग्नुपर्नेमा जोड दिए ।

लामो समय पछि स्थानीय तहको निर्वाचन भएको र आम नागरिकले जनप्रतिनिधी पाएको बताउँदै उनले जनप्रतिनिधिबाट नागरिकले ठूलो आशा र अपेक्षा समेत गरेकोले यसप्रति जनप्रतिनिधि गम्भीर हुनुपर्ने पनि बताए ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....