निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं, जेठ २१ ।
चितवनको भरतपुर नगरपालिकाको मतगणनाको विषयमा घटेको घटनाका विषयमा निर्वाचत आयोगले गरेको निर्णय रोक्का गर्न सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । छानविन आयोगको प्रतिवेदनको आधारमा पुनः मतदात गर्ने विषयमा आयोगको निर्णय विरुद्ध रिट दर्ता भएको हो ।
भरतपुर महानगरपालिका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र सोहि वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले रीट दायर गरेका हुन् । अधिवक्ता टीकाराम भट्टराईका अनुसार भोलिका लागि पेशी तोकिएको छ ।
रिटमा लेखिएको छ ‘भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेणु दाहाललाई जिताउने योजनाका साथ मतपत्र च्यातिएको र योजनाबद्ध रूपमा पुनः मतदान गराउन निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो ।’ आयोगको निर्णयविरूद्ध तत्कालै अन्तरिम आदेश जारी गर्न माग भएको रिटमा उल्लेख छ ।
प्रतिक्रिया