व्यवस्थापिका संसद् बैठक २३ गतेसम्मका लागि स्थगित

प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार १६:३४


काठमाडौं, जेठ २१ ।
व्यवस्थापिका संसद्अन्तर्गत आज बिहान ११ बजे बोलाइएको संसद् बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले अवरोध गर्ने चेतावनी दिएपछि सूचना टाँस गरेर बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

यसैबीचमा सहमति जुटाउन सभामुख ओनसरी घर्तीमगरले शीर्ष तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूसँग छलफल जारी राखेकी थिइन् । दिउँसो ३ बजेसम्म पनि सहमति जुट्न नसकेपछि बैठक पुनः सूचना टाँस गरी पर्सि मंगलबार २३ गतेसम्मका लागि स्थगित गरिएको हो ।

संसद्मा स्पष्ट बहुमत हुँदा पनि प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पनि प्रधानमन्त्री बन्नबाट बञ्चित भएका छन् । मंगलबारसम्ममा शीर्ष नेताहरूबीच राजनीतिक सहमति जुट्न सके २३ गते प्रधानमन्त्री चयन हुने निश्चित छन् ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....