जेठभित्रमा स्थानीय निकायको निर्वाचन असम्भव : नेता जबरा

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार १४:३०


भक्तपुर, माघ २८ ।
शीर्ष दलहरूबीच तीन वटै तहको निर्वाचन गर्न तीब्रता दिइरहेकै बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले वर्तमान सरकारले जेठभित्रमा स्थानीय निकायको निर्वाचन गर्न नसक्ने दाबी गरेका छन् ।

रफत सञ्चार क्लबद्वारा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले राप्रपा पार्टी पनि आउँदो जेठभित्रै चुनाव गराउने पक्षमा रहे तापनि सरकार निर्वाचन गर्ने पक्षमा नदेखिएको बताए ।

मधेशी मोर्चाको संविधान संशोधनको मागलाई कुनै पनि हालतमा एमालेले पारित हुन नदिने र अर्कोतर्फ सरकारले मधेशी मोर्चालाई माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइसकेकाले निर्वाचन असम्भव भएको बताउँदै उनले मधेशवादी दललाई बाईपास गरेर निर्वाचन सम्भव नभएको बताए । उनले भने, दुई दशकदेखि हुन नसकेको निर्वाचन यथाशीघ्र यही सरकारले गर्नुपर्नेमा जोडसमेत दिए ।

ठूला पार्टीले देशलाई दिशा दिन नसक्दा देश कता जाने के गर्ने अनिर्णयको बन्दीमा फसिरहेको बताउँदै ठूला राजनीतिक दलहरू जिम्मेवार भएर अगाडि बढ्नुपर्ने उनले बताए । नेता जबराले चुनाव हुने वा नहुने संकटमा परेको बताउँदै निर्वाचन नभए मुलुक संवैधानिक संकटमा फस्ने बताएका छन् ।

तत्काल निर्वाचनको मिति घोेषणा गर्न माग गर्दै सरकारले भूकम्पपीडितका लागि केही काम गर्न नसकेको बताउँदै उनले सरकारले पुनःनिर्माणको कार्यलाई अगाडि बढाउन नसक्दा जनता निराश भइरहेकाले तत्काल पुनःनिर्माणको कार्य अगाडि बढाउन सरकारलाई आग्रह गर्दै भूकम्पपीडितलाई बाँडिएको किस्ताले नेपाली जनतालाई अपुग भएको उनले बताए ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....