विज्ञान र प्रविधिको विकासले मात्र देशकाे विकास सम्भव : पूर्व प्रधानमन्त्री खनाल

काठमाडौं, जेठ २२ ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालले विज्ञान र प्रविधिको विकासले मात्र देशको विकास सम्भव रहेकाे बताएका छन् ।
क्यालिफोर्निया स्टेट युनिर्भ्सिटी, काठमाडौं इन्टिच्युट अफ एप्लाइड साइन्सले ‘हिमालय क्षेत्रको वातावरणीय परिवर्तन’ सम्बन्धी अध्ययन गरेका अमेरिकन विद्यार्थीका लागि आइतबार साँझ आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री खनालले लामो समयदेखिको अस्थिरताको युगलाई स्थानीय तहको निर्वाचनबाट समाप्त गरेको बताएका हुन् ।
क्यालिफोर्निया स्टेट युनिर्भ्सिटीका प्रा. डा. मोहनबहादुर डाँगीले मुलुकको विकासका लागि प्रविधिको विकास आवश्यक रहेको बताएका छन् ।
सो कार्यक्रममा हिमालय क्षेत्रको वातावरणीय परिवर्तन’ सम्बन्धी अध्ययन गरेका आठ अमेरिकन तथा आठ नेपाली विद्यार्थीलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया