बाईसौँ जनयुद्ध दिवस माओवादीहरूले विविध कार्यक्रम गरी मनाइँदै

प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार १०:०७


काठमाडौं, फागुन १ ।
आज फागुन १ गते । २२ औँ जनयुद्ध दिवस माओवादी पार्टीहरूले विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । आजभन्दा २२ वर्षअघि २०५२ साल फागुन १ गते अर्थात आजकै दिन माओवादीले रोल्पाको होलेरी, रुकुमको राडी र सिन्धुलीको गडीस्थित प्रहरी चौकीमा आक्रमण गरी जनयुद्धको घोषणा गरेको थियो ।

यसैबीच, नेकपा (माओवादी केन्द्र)ले आज दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललगायत नेताहरू सहभागी हुने पार्टीले जनाएको छ ।

त्यस्तै, नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा माओवादीले जनयुद्ध दिवसकै अवसर पारेर आज खुलामञ्चमा आठौँ महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीले कुपण्डोलको राज्य कार्यालयमा मध्यान्ह १२ बजे एक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

त्यसैबीच, कम्युनिष्ट नै परित्याग गरेका डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले भने जनयुद्ध दिवस गत सालदेखि नै मनाउन छाडेको छ ।

जनवादी सत्ता स्थापनाको लागि भन्दै थालिएको जनयुद्ध १० वर्षपछि शान्ति प्रक्रियामा प्रवेश गरेपछि जनयुद्धका सूत्रधार पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईमा बिचलन आएको भन्दै वैद्य र विप्लव नेतृत्वमा अहिले अलग–अलग पार्टी उदाएको छ ।

डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टी स्थापना गरेर माओवाद नै परित्याग गरेर पलायन भएको माओवादीहरूको तर्क रहेको छ ।

जनयुद्धका मुख्य नेताहरू नै विगतमा देश र जनताको मुक्तिका लागि भन्दै व्यक्त गरेका प्रतिबद्धताहरू छाडेर हिँडेको चौतर्फी गुनासो र बितृष्णा पैदा हुँदै गएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....