एमाले सचिव भट्टराईको भनाई ‘यो सरकार चुनाव गराउने पक्षमा छैन’

प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार १३:२६


सोलुखुम्बु, फागुन १ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सरकार चुनाव गराउने पक्षमा नरहेको गम्भीर आरोप लगाएका छन् ।

सोलुखुम्बुको सल्लेरीमा आज प्रेस चौतारी नेपालद्वारा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो पार्टी तोकिएको समयमै तीन वटै निर्वाचन गर्ने पक्षमा भएको स्पष्ट पार्दै वर्तमान सरकारले निर्वाचन नचाहेको दाबी गरेका हुन् ।

नेता भट्टराईले व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक औचित्यहीन भएकाले त्यसलाई थाती राखेर चुनावको तयारीमा सरकार जुट्नु पर्नेमा जोडसमेत दिएका छन् ।

पत्रकारको जिज्ञासामा उनले चुनाव र संशोधन प्रक्रिया एक अर्कामा जोडेर हेर्न नहुने स्पष्ट पार्दै कुनै पनि दलसँग स्पष्ट बहुमत नभएका कारण मिलेर जानुको विकल्प नरहेको उनको भनाई थियो ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....