अमेरिकी अधिकारीहरूद्वारा छापा मारेर आप्रवासीमाथी व्यापक धरपकड, दर्जनौँ पक्राउ

प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार १६:०९


एजेन्सी, फागुन १ ।
अमेरिकी अधिकारीहरूले छापा मारेर कागजात नभएका सयौँ आप्रबासीहरूलाई व्यापक धरपकड गरी पक्राउ गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएपछि सञ्चालन भएको यो नै सबैभन्दा ठूलो छापा मारिएको स्थानीय समाचार एजेन्सी एएफपीले जनाएको छ । एएफपीकाअनुसार संघीय अध्यागमन तथा भन्सार प्रबर्तन एजेञ्सी (आईसीई)ले लस एञ्जलस, न्यूयोर्क, सिकागो, अस्टिन र एटलाण्टा शहरमा छापा मारेका हुन् । गत जनवरी २५ तारिखमा ट्रम्पले बिना कागजात बसेका आप्रवासीहरूलाई देश निकाला गर्ने विषयको कार्यकारी आदेश जारी गरेपछि यो कदम चालिएको बताइएको छ ।

सो कदमबाट आप्रबासीहरू त्रसित बनेका छन् । तर, संघीय अध्यागमन तथा भन्सार प्रबर्तन एजेञ्सीले भने यो आफ्नो नियमित काम मात्र भएको बताएको छ । आईसीईका प्रवक्ता जेनिफर एल्जियाले यो अपरेशनको उद्देश्य आईसीईको यसअघिको भगौडा खोज अपरेशन टीमले सञ्चालन गर्ने गरेको अपरेशन जस्तै भएको बताएकी छन् ।

आईसीईको लस एञ्जलस अपरेशनका प्रमुख डेभिड मरिनले उक्त क्षेत्रबाट करिब एक सय ६० जना पक्राउ परेका बताएका छन् । तीमध्ये करिब ७० प्रतिशत यसअघि गुण्डागर्दीको आरोपमा दोषी पाइएको उनले बताए । केही मानिस भने कागजात नभएका कारण नै पक्राउ परेको उनले जानकारी दिएका छन् ।

ट्रम्प सत्तामा आएपछि गएको शुक्रबार रातिसम्ममा ३७ जना मेक्सिकन अमेरिकाबाट निकाला भइसकेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....