जनयुद्धको उपलब्धि रक्षा गर्न पुनः युद्ध : नेता विप्लव

काठमाडौं, फागुन १ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धको उपलब्धि रक्षा गर्न पुनः युद्धमा होमिनुपर्ने बताएका छन् ।
पार्टी महाधिवेशनको आज काठमाडौंमा खुलामञ्चमा उद्घाटन गर्दै नेता विप्लवले सो कुरा बताएका हुन् । ‘माओवादीको मूल नेतृत्वले बेइमानी गरेका कारण पुनः एक पटक युद्ध गर्ने अवस्था आएको बताउँदै उनले भने, अब युवाहरू विदेश पलायन हुन छाडेर पुनः एक पपटक युद्धमा होमिनु पर्छ ।’
‘अहिलेको राजनीति प्रचण्डको भाषण र केपी ओलीको उखान टुक्कामा अल्झिएको भन्दै विप्लवले भने, ‘दिनभरी प्रचण्ड बोल्छन्, त्यसलाई केपी ओलीको एउटै उखान टुक्काले खाइदिन्छ । केपी ओलीको उखान टुक्कालाई प्रचण्डको ढाँटछलले खाइदिन्छ ।’
अहिले संघीयताको नाममा जनतालाई झुक्याउने काम भइरहेको भन्दै नेता विप्लवले संघीयताको भ्रमबाट सबै जना मुक्त हुनुपर्नेमा जोडसमेत दिएका छन् ।
प्रतिक्रिया