अध्यक्ष महतोको भनाई, ‘उपलब्धिलाई समाप्त पार्ने षड्यन्त्रमा एमाले अग्रसर’

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार ०७:०१


पर्सा, फागुन २ ।
नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधानलाई असफल गरी प्राप्त गरेका सबै उपलब्धिलाई समाप्त पार्ने षड्यन्त्रमा एमाले लागिपरेकोे आरोप लगाएका छन् ।

प्रेस मञ्चद्वारा आइतबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान संशोधनको विरोध गरी संविधान कार्यान्वयनमा बाधा सिर्जना गर्दै देशलाई अन्यौलतातर्फ धकेल्न एमालेका नेता लागिपरेको उनको भनाई थियो ।

संसद्मा दर्ता रहेको संशोधन प्रस्ताव पारित नभएसम्म निर्वाचन नहुने र तोकिएको समयमा तीन वटै तहको निर्वाचन नभए संविधान असफल हुने बताउँदै उनले भने, ‘परिमार्जनसहित संविधान संशोधन नभए देशमा कुनै पनि निर्वाचन सम्भव छैन ।’

अध्यक्ष महतोले तीन दिनसम्म वीरगञ्जमा बसेको सद्भावना पार्टीको विस्तारित बैठकले गरेका निर्णयलाई सार्वजनिक गरेका थिए । पार्टीको मधेश आन्दोलनको मुद्दालाई संविधान संशोधनमार्फत सम्बोधन नगरेसम्म निर्वाचनमा सहभागी नहुने, निर्वाचन हुन नदिने तथा सद्भावना पार्टीको छैटौँ महाधिवेशन २०७४ साल जेठ १, २ र ३ गते वीरगञ्जमा गर्ने, मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकामध्ये शहीद घोषणा गर्न बाँकीलाई शहीद घोषणाका लागि सरकारलाई दबाब दिनेलगायत निर्णय गरेको उनले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....