शिवरात्री मनाउन आएका एक साधुको मृत्यु

भक्तपुर, फागुन २ ।
शिवरात्री पर्व मनाउन केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा आएका एक साधुको लडेर ज्यान गएको छ ।
भारत विहार निवासी वर्ष ५४ का भुजुङ्गा राम साधुको मन्दिर प्राङ्गणमा रहेको शौचालय जाँदा लडेर ज्यान गएको महानगरीय प्रहरी वृत्त जगातिले जनाएको छ ।
पशुपतिनाथ मन्दिरबाट आइतबार मात्र डोलेश्वर मन्दिर पुगेका तीन जना साधुमध्ये एकको शौचालय जाँदा लडेर ज्यान गएको मृतक साधुसँगै आएका दुई साधुले जानकारी दिएको प्रहरीले जनाएको छ । मृतक साधुका साथमा नेपाली १७ हजार एक सय ३९ रुपैयाँ र भारु दुई रुपैँया रहेको प्रहरीले जानकारी दिएको छ ।
मृतक साधुको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको महानगरीय प्रहरीले जनाएको छ ।
प्रतिक्रिया