नेवाः वा नेपाः व्यवस्थित प्रणाली हो जुन भएनन्…

प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार ११:५९


प्रशान्त महासागर नकर्मी
नेवाः राज्य नेपाः वा नेपाल जुन खस भाषाबाट बने वा बनाउने कुरा साहस वा आँटकै हो भने अर्को शक्ति या भनौँ शक्तिबाट मात्तिएकै उपज हो । यसमा विवाद होइन सम्वादको आवश्यक छ । यो भनेको जीवनको कालखण्डमा जीवन मृत्युतिर लम्किरहेको अवस्थामा जीवनको उचित लालन–पालन नपुगेको हामीले मान्नुपर्छ भने, एउटा समय जहाँ जवानी हुन्छ । र, जवान जीवन कोहीँ केहीँ न केहीँले मात्तिएकै हुन्छ तर, अर्को केही हद पथभ्रष्ट भएकै हुन्छ । यो सबैमा हुन्छन् नै । यसमा म यस्तो थिएन भन्नु सूर्यलाई मैले हत्केलाले छेक्न सक्छु भन्नु नै हो जुन विश्वास गर्ने वा नगर्ने त्यो हाम्रो मुद्दाको विषय हामीले बनाउँदा दोष कसको भन्ने नसोध्नु नै जाति हुन्छ किनभने, विवादको लागि एकले कार्यान्वयन हुँदैन । युद्ध एक पक्षको हुँदैन भन्नु नै हो । र, म यो कुरा किन गर्दैछु भन्ने सवालमा यहाँ हामी व्यापक युद्धपछिका दिन वा शक्ति सन्तुलनपछिका कुरालाई बढीभन्दा बढी महत्व दिएर अगाडिका बाटोहरू खाल्डो खन्ने अनि कुनै सहज यात्राको लागि साधन कुदाउने पकवानहरूकै परिचय वा चित्रणमा जीवनका रङ्गहरू वा रगतहरू खर्चतिर छौँ । भन्नुको अर्थ पूर्वजका कुराहरू जो बीचमा थिए जहाँ शक्तिबाट शासन भन्ने सिद्धान्त थिए वा भए जसको परिणाम भनेकै जहाँ जसको बढी बाहुल्य थिए त्यहाँ तिनीहरूका धरोहर मासिए वा नष्ट गरी एक छत्र छायाँको रणनीति अपनाउन लगाए वा शक्ति शासनले नै राज्य चलाए जुन आरोप हो भन्ने कुराको यथार्थता जीवन्त इतिहासको अझै पनि जिउँदो हुनु हो भने निरन्तर चलि अगाडि अझै श्रृष्टि छउञ्जेल चल्दै जानु नै हो । जन्म र मरणका संस्कारहरू चल्दै जानु नै हो पर्वहरू यथादिनमा चल्नु नै हो जुन जित्नेहरूविरुद्ध अझै छाती फुलाएर लेख्दै नखेलिए पनि बाँचिरहेको हार्नेहरू वास्तविक जितको इतिहास हो । यो कुरालाई मैले आफूभित्र मनन् गर्न छाडे भने आफैँलाई आफैँले श्राप दिनु नै हो । त्यसैले अब हामीले खोज्नु वा बुझ्नु परेको यथार्थता भनेको जीवनकै कालखण्ड हो जहाँ मृत्यु छ बिर्सिनु नै पाप हो, श्राप हो । र, जीवनसँग मृत्यु छ भन्नु नै जीवन मर्न योग्य बनाउँदै बाँच्नु हो भने आत्महत्या नस्वीकार्नु नै हो ।

जीवनको कालखण्डमा याद नै होला जहाँ बचपना छ त्यहाँ माया, मोह, स्नेह आदि छन् जुन समयको प्रारम्भिक खण्ड हो, जहाँ हरेक कुरा मायामै टुङ्गिएको इतिहास छ । र, मायाबाट छल अनि बलबाट शक्ति प्रयोग भई जीवन लम्केको हुन्छ भने, समयको बाटो पनि त्यस्तै हुँदै गएको विश्व इतिहास सँगसँगै नेवाः राज्यभित्रबाट जुन नेपाः वा नेपाल बन्दै गएको कथा हामीसँग छ जसमा मारकाट वा हत्या, हिंसा वा शारीरिक यातना एवं नाजायज भनिएका अनेक कष्ट सबै युद्धमा जायज छ भन्नलाई मायाकै कुरासँग जोडी जीवन अगाडि हुत्तिएको हामीले ज्ञानलाई धर्मसँग रूपान्तरित गर्दै जीवनमा स्थान दिई अगाडि लाग्नुपर्छ । यो जीवन वा समयको माग हो जहाँ अड्किएको समयलाई यथास्थानमा रोक्न खोज्नु हो भने त्यसकै खण्डनमा जीवनका मसीहरू खर्चि रहनु समय सान्दर्भिक हुँदैन पनि । तर, विश्लेषण नै नगर्नु भनेको वा त्यसबाट केही गर्न नसक्नु भनेको वा राम्रो लिन छाड्नु भनेको मुर्ख हामी हुनु नै हो किनभने, बल सदा बुद्धि झैँ बलियो हुँदैन । समयसँग बलले बुद्धिको जस्तो कार्य सम्पादन गर्न सक्दैनन् । र, हामीले बुझ्नुपर्ने समय खण्डमा जसरी साधन वा औद्योगिकीकरण जुन लहर हो या भनौँ पृथ्वीनारायण शाहको चत्तुराई वा बल वा शक्तिकरणपछि पनि त्यसका असरहरू नेपालमा जुन राणा शासन उदय र अन्त्यको जुन समय भनेकै जवानीमा शक्ति गरेको शासन हो, जुन पञ्चायत हुँदै बहुदल अनि प्रजातन्त्र हुँदै गणतन्त्र जुन बिसर्जनको कुराहरू वा विवादका बिसंगतिहरू भए जहाँ धेरै टुक्राकरणीहरू लाग्छ शक्तिकै एक खेल बन्ने अवस्थासम्म पुगे भन्नुको अर्थ जवानी जो बुढेसकालको यात्रा गरी पुनः जवानीमै फर्किनु पर्छ भन्ने माग भई रहे । त्यो भनेको समयको यात्रामा परिवर्तन नचाहनु र बुढो अवस्थामा पनि बुद्धिको यात्रालाई स्वीकार्न छाडेर देखिएका दुई चार फुलेका कपालहरूलाई कालो पार्दै हिँड्नु हो । र, बोलीमा हामी प्रयोग गर्छौं २१ औँ शताब्दीका मानिस भनेर त्यो भनेको शक्ति होइन अब बुद्धि भनिएको हो । यो बुझ्नु नितान्त आवश्यक छ ।

हुनतः जीवनकालमा संघर्ष नगर्ने जीवन हुँदैन भने झैँ समयको परिवर्तन वा परावर्तित किरणहरूलाई विकिरण अर्थात कुनै खराब साँठगाँठ मिसाएर आफू चोखो वा सभ्य छु भनी मन्थन गर्न जानिएनौँ भने पनि हामीले जगेर्नालाई विकास हो भन्ने पक्षसम्म पुग्न सक्दैनौँ भने माग स्पष्ट पनि हुँदैनन् । जब माग स्पष्ट हुँदैनन् तब स्वरको आकार कुनै चिच्याहट बन्न पुग्छन् भने कति ठाउँमा त्यो स्वर विकास विरुद्धका नाराहरू पनि हुन पुग्छन्, जसमा जातीय वा वर्गीय द्वन्द्वमा पुनः शक्ति हुनु पर्छ नै भन्ने कुराहरू आवश्यक ठान्छन् जब की जीवनको तरिका बुद्धि बनिसकेको यथार्थता हुनेछन् वा भइसकेकै हुन्छन् भने समयले त्यो आन्दोलनलाई जातीय वा वर्गीय वा कुनै पहिचान मागको अर्थमा बुन्न पुग्छन् जुन सही नै भए पनि मानौं गणन्तत्र वा लोकतन्त्रको वास्तविक लुगा वा कुनै महत्वपूर्ण गहना भए पनि लगाउने सुहाउँदो समय सापेक्षिक नहुने हुन्छन् किनभने शक्तिकरण समयको माग होइन । र, शक्तिबाट शासन हुन्छ त्यो अर्कै यथार्थता हो जुन निरन्तर चल्छ भन्नु छलमाथी कुठाराघात गर्नु हुनेछन् । अर्को बुद्धिमाथी धावा बोल्नु हो र बुद्धिलाई शक्तिले कहिल्यै जित्न सक्दैनन् । र, हामीले बुझ्नुपर्ने भनेकै यो जीवन वा समय माया, मोह वा स्नेहबाट सुरु भई बुद्धिको संरचना जुन भौतिक सुख वा कुनै उत्पादन नै हुन् त्यहीँबाट मात्र सम्भव छ भने, सम्भव नै अहिलेको समृद्धि हो जुन आ–आफ्नो जीवनकालको एउटा प्रस्तुति हुन् । अबको समयमा शेष रहने भनेकै त्यही प्रस्तुतिहरू हुन्, जसमा बुद्धि साथसाथै शान्ति जसको जग भनेकै माया हो ना की बीच बाटोमा ऊर्जा बनेको शक्ति नै जसलाई एउटा उथलपुथल मात्र मान्दा हुन्छ भने त्यसको उचित व्यवस्थापन पनि बुद्धि नै हो, यो मान्नु नितान्त आवश्यक छ । त्यो भनेको राम र रावण दुबै बुद्धि हो । राममा माया थिए भने रावणमा शक्ति थिए । अब हामी राम बन्दै बुद्धत्व हासिल गर्ने की रावण हुँदै शक्ति प्रयोग पृथ्वीनारायण शाह सम्झिने वा राणाकाल खण्डन गरी पञ्चायत अन्त्य वा पुनर्बहाली या कुनै प्रजातन्त्रको महशुस वा खराब भन्दै ल्याएको गणतन्त्र वा पाएको लोकतन्त्रको हत्यामै जीवनका मसीहरू खर्च गरिरहने…? हुन त देश अझै पनि शक्तिकै पासोमा झुण्डिरहेको छ । मानौं कुनै कुर्सिमा टेकेर आत्महत्या प्रयासमा लागि रहेको झैँ छ जसमा हाम्रो खिचाई भनेकै कुर्सिको एउटा खुट्टा आफ्नो बनाउनु नै हो जुन गलत हो । तर, कुर्सि निर्माण बुद्धिलाई हामीले गलत भन्नु हुन्न किनभने मायाकै आधारमा जुन समृद्धि, बुद्धि र शान्तिकै समिश्रण हो मान्नु नै जीवन र समय हो जहाँ परिवर्तन वा नयाँ संरचना नै मृत्यु हुन सक्छ बुझ्नु नितान्त आवश्यक छ । यहाँ बुद्धि कुनै शक्तिको सञ्चय वा संकलनतिर लागि परे जसमा विशेष जिज्ञासा भनेको मेरो नेवाः संघर्ष नै हो ।

नेवाः बुद्धि नेवाः आदिथलो हो । माया युगमा भनेको श्रृष्टि जुन नेपाः भूमि जसको इतिहास भनेकै दहको पानी विस्थापित गरी बस्न वा खेती गर्न योग्य भूमि बनेपछिको कुरा हो । र, सुरुकै दिनहरूमा यहाँ पशुपालन र खेती पेशा मुख्य भएको कुरालाई कसैले नकार्न नसक्ने यथार्थता थिए भने, ती कार्यमा माया मिसाई शान्तित्व अपनाएर बस्ने र कलाकृति श्रृजना एवं भाषा, साहित्य प्रचारमा ल्याउने पूर्खा प्रजाति भनेकै अहिलेको बुद्धि युगका नेवाः नै हुन् जसको विस्थापितको सवाललाई लिएर एउटा शक्ति प्राप्ति हो की भन्ने मनसाय रहेको संघर्ष हाल गणतन्त्रकै लुगा वा गहना हुँदा भान त्यतातिर हुनु सायद मेरो कमजोरी हुनुपर्छ जसको निवारणमा मलाई बुद्धिमता कसैले सुनाएनन् । म अलमलमा यहाँनिर छु कारण :

१. म नेवाः जातलाई एउटा सम्पन्न धनीयुक्त जात मान्छु भने, विश्व इतिहासको सबैभन्दा बहुमूल्य वा गहन मान्यता र बुद्धि भएको नेपाः वा नेपाल पनि मान्छु ।
कलाकृति वा कौशलमा पनि विश्व विजय नेपाः वा नेपाल मान्छु । राष्ट्रिय गहना वा संस्कारले भरिपूर्ण परिपक्वता भएको जहाँ साँस्कृतिक, सामाजिक, आर्थिक, बौद्धिक, नैतिक र शैक्षिक जीवन्त भएको पावन भूमि नेपाः वा नेपाल नै हो । तर यहाँका बुद्धिमता नेवारहरू राजनीति चाहन्न भने परिवर्तन बिना सास नफेर्ने इतिहासहरू जीवनकालमा वा समय–समयमा भएका अनेक कुराले पुष्टि गरेकै छन्, जसलाई हामी भाषा सापटीका कुराहरूले अन्त कतै मोड्नु हुन्न भन्नु नै हो । र, नेवाः आन्दोलनकै सवालमा पनि हाम्रा अग्रजहरूले सुरुमा भाषा आन्दोलनलाई मान्यता दिनु भयो जसको एउटा इतिहास विश्वसामु छर्लङ्ग नै छ । र, आवश्यकताको सवालमा जायज छ या छैन बहस नबन्नु पर्ने कमी हामीसँग रह्यो । स्वार्थ कसले कति कहाँ पूरा गरे शंका उपशंका रहे भने भाषा आन्दोलनबाट प्राप्ति के भए र जीवनका मसीहरू ज्यादा खेर गए वा प्रयोग भए त्यो सुनाउन कसैले सकेनन् । फलतः राज्यसत्तामा आदिथलोमा अझै पनि राज गैर बुद्धिकै रहे । अब हामी अर्थात म त्यता जान चाहन्न किनभने, बुद्धिको समय सुरु मात्र भएको अन्त्य हुन बाँकी छ सबै नेवारले राजनीति एउटा कुनै कलाकृति सृजना गर्ने साधन हो वा माध्यम हो बुझ्न बाँकी नै छ । यो भन्नुको अर्थ पावन भूमि कुरूप बन्दै गएको कुरालाई सहन गर्नु भनेको होइन । र, कुनै समयसम्मको लागि कुनै जगेर्ना वा परिपालना गर्नु र शक्तिलाई बुद्धिको युगमा परावर्तन गर्नु नै हो । त्यो भनेको नेवाः राज्य स्थापना गर्नु नै हो यदि नेवाः प्रणाली त्यहाँ परिचालन गर्ने आँट वा क्षमता छन् भने… । तर, नेवारभित्र बैचारिक द्वन्द्व छैन, कसैले सिद्ध गर्छन् वा बुद्धिद्वारा नै नेपाः वा नेपाल रहन्छ भन्ने परिकल्पना वा कुनै यथार्थता छन् भने… । र, भोकमा जे पनि खाइन्छ भन्नु गलत नै हो, कुनै बेला कुनै कुराको परित्याग गरिन्छ भने, कुनै बेला क्षमताभन्दा नि ठूलो कुरा निलिन्छ र पचाइन्छ । त्यसैले आन्दोलन गर्ने तर कस्तो भन्ने सोचिएनन् भने, एउटा चित्कार आवाज बाहेक नेवाः शक्ति अर्को नहुन सक्छ । अतः नेवाः बुद्धिको अब खाँचो छ । नेवाः विस्थापित आकारको वास्तविक प्रकार चाहिन्छ । र, शक्ति नै चाहिएको हो भने पनि अब बुद्धिले त्यो बाटोलाई शान्तित्व परिणत गरी हासिल गर्नुपर्छ । नेवाः बिना नेपाःको परिकल्पना नहुने कुरालाई या नेवारलाई हटाएर नेपाल बन्छ भन्ने यथार्थता हामीले त्याग्नुपर्छ वा कसैलाई भ्रमित पार्ने कार्य छाड्नु पर्छ । अनि, म केही बुझ्छु की भन्नेतिर विश्वस्त हुन्छु ।

अन्तमा, जीवनमा जुन–जुन अवस्थाहरू छन्, त्यहीँ अवस्थाहरू आदिभूमिमा पनि छन् र ती बिरामी अवस्थामा छन् भन्ने कुरालाई कुनै निवारणै नहुने रोग भन्दै व्याख्या गर्दै शक्ति सञ्चय नै बुद्धिमता भन्न थालियो भने नेवाः आन्दोलनले कहिँल्यै बाटो पाउने छैन किनभने, समय शक्तिको होइन बुद्धिले मायासाथ कुनै नीति परिचालन गर्नु नै हो । र, हाल नेवाः, नेपाः वा नेपालमा नीतिका लागि मान्छे त देखेँ वा जम्मा भएको महशुस गरे तर, मान्छेकै लागि भनी प्रयोग वा प्रसार गर्न नजानिएको एउटा नौलो रोग लागेको छ । त्यो भनेको नीति मेरो लागि नबनिकन नीतिको लागि म चयन हुँदै गएँ । अब त्यसमा पनि मभित्रकै एउटा कमजोरी म मान्छु, किनभने, नेवाः एक खुसी र सुखी प्राणी हो जसको कारण उसले कहिल्यै स्वार्थलाई स्थान दिन चाहेनन् । त्यो भनेको तोडमोडको कुरा सिकेनन् जो कुनै सरकारी वा कुनै संस्थासँग आबद्ध हुन पनि चाहेनन् । जसको फाईदा वा घाटाको कुरा गर्ने हो भने, नेवाः वा नेपाः वा नेपाललाई भए वा हुँदै गए । अन्तत कमाई खाने भाँडो बेच्दै विस्थापितको चरम सीमामा पुगे । नेपाः वा नेपाल भ्रष्ट राज्य बन्दै गए किनभने, नेवारले आफ्नो राज्यसीमा वा राजनीति बिर्से । कृतिकला श्रृजना वा उत्पादनलाई परित्याग गर्दै जीवनका मसीहरू वा रगतहरू सुकाउनमै रमे । यसको पछाडि नेवाः, नेपाः वा नेपाल के हो र के हुनुपर्छ भन्ने एउटा वास्तविक गुरु नहुनुले नै हो, गुरुको व्याख्या नहुनु नै हो । साथसाथै नेवार हतियार मात्र भए भन्ने कुरालाई पुष्टि गर्नु आवश्यक छैन पनि । इतिहास धेरै साक्षी छन् र इतिहास ठूलै छन्, मान्छेहरू थोरै हुँदै जानुलाई दुःख हो भन्न नसक्नु थप पतन नै हो । सम्पन्न वर्ग विपन्न हुनु दुःख नै हो भने, दुःखको कारण आफूमा नखोजी अरूमा खोज्नु नै विस्थापित हुनु हो । अर्को, राजनीति शक्ति होइन जीवन जिउने सहज माध्यम भन्न नसक्नु नै हो । साथसाथै कालखण्ड यो शक्तिको होइन बुद्धिको हो । र, नेवार जात हतियार होइन व्यवस्थित प्रणाली हो भन्ने आँट कहीँ नगर्नु नै हो । नेवाः वा नेपाः भूमि लिन होइन मात्र दिन हो भन्ने मान्यताले जीर्ण भएको हो । अब हामीले यही कुरालाई जीवनकालको एउटा समय जहाँ बुद्धिको हो त्यहीँबाट प्राप्ति तर स्थापनाको लागि नै बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । साथै प्रणालीमा नेवाः वा नेपाः हुनु पर्यो, बाँच्नु पर्यो किनभने, मार्नु शक्ति हो भने बाँच्नु बुद्धि हो ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....