एमालेद्वारा तीन वटै तहको निर्वाचन गर्न सरकारसँग माग

प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार ०७:५९


काठमाडौं, फागुन ४ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान बमोजिम तीन वटै तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले २०७४ को बैशाख र जेठमा स्थानीय तह र मंसिरमा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन गर्न माग गरेको हो ।

संविधानमा तोकिएबमोजिम तीन वटै तहको निर्वाचन गर्ने अडान कायम राख्दै २०७४ बैशाख र जेठमा स्थानीय तह र मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न दबाब दिने निर्णय स्थायी कमिटी बैठकले गरेको हो ।

आज र भोलि बस्न लागेको एमाले पोलिटब्यूरो बैठकका एजेण्डा तय गर्न बसेको बैठकले फागुन २१ गतेदेखि चैत्र ५ गतेसम्म गर्न लागेको मेची महाकाली अभियानलाई सशक्त बनाउने पदाधिकारीको निर्णयलाई पनि अनुमोदन गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....