साझा यातायातले राजधानीमा रात्रीकालीन बस सेवा सञ्चालन

प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार ०९:३४


काठमाडौं, फागुन ४ ।
साझा यातायातले गएरातिदेखि रात्रीकालीन सेवा सुचारु गरेको छ । हाललाई पाँच वटा रुटमा बेलुका ९ बजेदेखि ११ बजेसम्म एक–एक वटा बस सञ्चालनमा ल्याएको छ ।

साझाकाअनुसार एउटा बस अस्पताल क्षेत्रलाई मध्यनगर गरी लगनखेल पाटन अस्पताल–त्रिपुरेश्वर आँखा अस्पताल– वीर अस्पताल–महारागञ्ज टिचिङ–बाँसबारी गंगालाल–न्यूरो अस्पताल रुटमा सो सेवा सञ्चालनमा ल्याइएको हो ।

बाँकी चार वटा बस न्यूरोडबाट नयाँ बानेश्वर–कोटेश्वर, मैतीदेवी–पुरानो बानेश्वर–गौशाला–चाबहिल, त्रिपुरेश्वर–कालीमाटी–कलंकी र ठमेल–सोह्रखुट्टे–नयाँ बसपार्क रुट सञ्चालन गरिएको छ । साझाले फागुन १ मा १० वटा डिलक्स र एउटा नमूना सेमी लो फ्लोर बस खरिद गर्न बोलपत्रसमेत आव्हान गरिसकेको छ ।

यी ११ वटा बस छ महिनामा खरिद गरेर सञ्चालनमा ल्याउने योजना रहेको साझाले जनाएको छ । ‘बस थप्नका लागि आर्थिक श्रोत जुटाउन काठमाडौं महानगरपालिकासँग थप पाँच करोड रुपैयाँको शेयर बिक्री गर्ने सम्झौता भएको छ । यसअघि महानगरपालिकाले १० करोड रुपैयाँको शेयर खरिद गरिसकेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....