जनतालाई मर्कामा पारेर विकासको औचित्य हुँदैन : जिल्ला अधिकारी काफ्ले

प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार १०:२४


ललितपुर, फागुन ४ ।
नवनियुक्त ललितपुरका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले शान्ति र सुरक्षाको सुनिश्चितताका लागि सुशासन हुनुपर्नेमा जोड दिँदै केहीँ व्यक्तिहरूले व्यक्तिगत निकटता, सम्बन्धलाई आधार बनाएर विकृति बढाउँदै लगेको बताएका छन् । जनतालाई मर्कामा पारेर विकासको औचित्य नहुने भन्दै उनले सडक विस्तारमा स्थानीयलाई सहमतिमा ल्याएर कार्यक्रम अगाडि बढाउने बताएका छन् ।

ताम्रकार समाजको आयोजनामा जिल्लाका विभिन्न जातीय समाज, टोल सुधार समितिहरू तथा स्थानीय प्रशासन र प्रहरी प्रशासनका अधिकृतहरूबीच गरिएको अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा निवृत्त भएका पूर्वप्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले जनताको अपेक्षा, चाहना प्रशासनले पूरा गर्न सक्नुपर्ने बताउँदै जातीय समाजहरूसँग गहिरो सम्बन्ध कायम राख्न सकेको खण्डमा कार्यकाल सफल हुने बताए ।

समाजका अध्यक्ष रबिन्द्रराज ताम्रकारले स्वागत मन्तव्य व्यक्त गर्दै जनमानसमा हाल प्रहरी प्रशासनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको सकारात्मक पक्ष भएको र यसले निरन्तरता पाउनुपर्नेमा जोड दिँदै उनले ललितपुर नगर संवेदनशील क्षेत्र भएकाले विशेष सजगता अपनाउनुपर्ने तथा नगरको विशिष्ट धार्मिक, सांस्कृतिक, सामाजिक परिवेशमा राज्यको स्थानीय निकाय र प्रहरी प्रशासन अझै जनमैत्री हुनु आवश्यक रहेकोमा जोडसमेत दिए ।

यसैबीच, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुखबाट मेची अञ्चल प्रहरी प्रमुखमा सरुवा हुनुभएका वरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारीलाई उनले ललितपुरको शान्ति, सुरक्षा, अपराध नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्नुभएकोमा समाजका अध्यक्ष ताम्रकारले सम्मान गरेका थिए ।

कार्यक्रममा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, महानगरीय प्रहरी प्रभाग, मंगलबजारका प्रमुख, प्रहरी निरीक्षक प्रकाश थापा, पुल्चोकका प्रमुख, प्रहरी निरीक्षक गोविन्द पन्थीलगायत ज्यापु समाज, बौद्घ विहार संघ, राजोपाध्याय समाज, कपाली समाज, राजकर्णिकार समाज, बाराही समाज, जोशी समाज, वाद्यकार समाज, चक्रवर्ती टोल सुधार समिति, तिच्छुँगल्ली टोल सुधार समिति, नेवाः पत्रकार राष्ट्रिय दबूलगायतका प्रतिनिधिहरूले ललितपुर नगरको विभिन्न समसामयिक विषयहरूमा जिज्ञासा, सल्लाह, सुझाव राखेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....