उपप्रधानमन्त्री महरासँग भारतीय राजदूत सिंहको भेटवार्ता

प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार १६:४९


काठमाडौं, जेठ ३१ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि भारतीय राजदूत मञ्जिपसिंह पुरीले आज परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेका छन् ।

सो अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री महराले नेपाल–भारतबीच रहिआएको असल सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।

भरतीय राजदूत पुरीले परराष्ट्रमन्त्री महरालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारत भ्रमणको निम्तो पठाएको बताउँदै सो विषयप्रति विचार गरिदिन अनुरोध गरे ।

परराष्ट्रमन्त्री महराले दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनपछि हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सिलसिलामा आफू भारत आउने प्रयास गर्ने बताए ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....