राजपालाई प्रधानमन्त्री देउवाको यस्तो कडा चुनौती

काठमाडौं, जेठ ३१ ।
स्थानीय तहको दोश्रो चरणको निवार्चनको मितिलाई लिएर डाकिएको आजको बैठक पनि बिना निष्कर्ष सकिएको छ ।
सोमबारदेखि निर्वाचन बहिष्कार गरेर आन्दोलनमा उत्रिएको राजपालाई सम्भव भएसम्म सहमतिमा ल्याउने तीन दलको प्रयास असफल भएसँगै राजपा र सरकार दुबैलाई चिन्ताको विषय बनेको छ ।
सिंहदरबारमा बसेको बैठकमा राजपाले नयाँ कुरा नराखेपछि बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफू तोकिएकै समयमा निर्वाचन गराउन तयार रहेको बताएका थिए । बैठक सकेर बाहिर निस्केपछि एमाले नेता सुवासचन्द्र नेम्वाङले भने, ‘बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । हामीले पनि चुनाव सार्न हुन्न भन्यौँ । प्रधानमन्त्री देउवाले समयमै चुनाव गर्ने कुरा बताउनु भएको छ ।’
यस्तो निर्णयमा सरकार अडिग भएपछि राजपालाई पनि थप चुनौती थपिएको छ भने प्रधानमन्त्री देउवालाई पनि कसरी राजपालाई चुनावमा सम्मिलित गर्ने भन्ने विषयले थप तनाव श्रृजना भएको श्रोतले जनाएको छ ।
प्रतिक्रिया