एन्फाका पूर्वमहासचिव शाही ठगीको आरोपमा पक्राउ

प्रकाशित मिति: ८ असार २०७४, बिहीबार १८:४९


काठमाडौं, असार ८ ।
करोड भन्दा बढी ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाही पक्राउ परेका छन् । हाल एन्फाको फुटसल समितिको उप संयोजक समेत रहेका शाहीले क्यानाडामा आयोजना हुने मैत्रीपूर्ण खेलमा सहभागी गराउने भन्दै २५ जना भन्दा बढीसँग रकम उठाएका थिए ।

शाहीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अाज काठमाडौंबाट पक्राउ गरेको हो । महाशाखाका एसएसपी दिनेश अमात्यकाअनुसार शाहीले क्यानाडा पठाइदिन्छु भन्दै २५ जनाभन्दा बढी व्यक्तिबाट रकम उठाएका थिए । पीडितमध्ये राजकुमार श्रेष्ठ, कमल भण्डारीको उजुरीका आधारमा शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले प्रत्येक व्यक्तिबाट दुई लाख ५० हजारका दरले रकम उठाएका छन् । एसएसपी अमात्यले भने, रसिद दिएको बाहेक उजुरी कर्ताहरूमध्ये कतिपयले ७ देखि ९ लाख रुपैयाँ समेत बुझाएको बताएका छन् ।

टोरन्टोमा यसै वर्षको मे १५ देखि २५ सम्म मैत्रीपूर्ण फुटबलमा सहभागी गराउने भन्दै शाहीले पैसा उठाएका थिए । उनले रकम लिएर स्पोर्टस फर अलका नाममा रसिद दिएका छन् । स्पोर्टस फर अलका उनी अध्यक्ष हुन् ।

एसएसपी अमात्यकाअनुसार क्यानाडा पुगेपछि त्यही लुकेर काम गर्न सकिने आश्वासन शाही दिँदै शाहीले रकम उठाएका थिए । प्रतियोगितामा भाग लिन ललितपुरको कुसुन्ती युवा क्लबबाट खेलाडीको नाम दर्ता गराइएको थियो । शाहीले भनेको समयमा उडान हुन नसकेपछि पीडितहरूले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....