प्रभु बैंक गण्डकी प्रदेशद्वारा लघु, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन

प्रकाशित मिति: २३ चैत्र २०८१, आईतवार १७:५०


काठमाडाैं, चैत २४ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम (MSME) र उपभोक्तावर्गलाई लक्षित गरी SME & Consumer Banking HUB Gandaki को स्थापना गरेको छ । साे केन्द्रको औपचारिक उद्घाटन प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा आफ्नो धारणा राख्दै रानाले बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित ग्राहकवर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता प्रबर्द्धनमा सहयोग पुर्‍याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा जोडसमेत दिएका छन् ।

SME & Consumer Banking HUB Gandaki मार्फत् गण्डकी प्रदेशका व्यावसायी तथा उपभोक्ताहरूले लक्षित, छरितो र प्रभावकारी बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । यसले विशेष गरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यावसाय विस्तार, नयाँ उद्यम स्थापना तथा सञ्चालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्नेछ । उपभोक्तावर्गका लागि समेत घर निर्माण, सवारी-साधन खरिद, शिक्षा, स्वास्थ्यलगायतका आवश्यकताहरूका लागि विविध ऋण योजना उपलब्ध हुनेछ ।

कार्यक्रममा वक्ताहरूले यस्तो केन्द्रको स्थापनाले वित्तीय समावेशीकरण, रोजगारी सिर्जना र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरेका छन् ।

SME & Consumer Banking HUB Gandaki मार्फत प्रदान गरिने प्रमुख सेवाहरू: 

– व्यावसाय तथा परियोजना ऋण
– उपभोक्ता ऋण (घर, गाडी, शिक्षा, स्वास्थ्य)
– वित्तीय परामर्श सेवा
– द्रूत तथा प्रभावकारी कागजी प्रक्रिया

इच्छुक ग्राहकहरूले प्रभु बैंक लिमिटेडको गण्डकी प्रदेश कार्यालय वा नजिकैको शाखा कार्यालयमा सम्पर्क गरी थप जानकारी प्राप्त गर्न सकिने पनि बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका दाई राकेश प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....