चन्द्रागिरि हिल्स पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै

प्रकाशित मिति: ९ असार २०७४, शुक्रबार १७:२०


काठमाडौं, असार ९ ।
केवलकार सञ्चालन गरेको एघार महिनामै चन्द्रागिरि पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

छाटो समयमा नै पर्यटकीय गन्तव्य बन्न सफल चन्द्रागिरिबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । हिमशृङ्खला अवलोकन, भालेश्वर महादेवको मन्दिर दर्शन, भ्यू टावरबाट दृश्यावलोकन, बालबालिका खेल्ने सुन्दर पार्कका साथै आवश्यक खानेकुराका लागि यहाँ रेस्टुराँ समेत बनेका छन् ।

काठमाडौंको थानकोटबाट चन्द्रागिरि हिल्स पुुग्न केवलकारबाट ११ मिनेट लाग्छ । चन्द्रागिरिबाट सुन्दर दृश्य देखिनुका साथै शान्त वातावरण छ । सत्यदेवीको भाल (निधार) खसेको हुनाले सो स्थानमा भालेश्वर महादेव मन्दिरको स्थापना गरिएको धार्मिक मान्यता रहेको छ ।

नेपाल एकीकरण अभियान सुरु गर्दा पृथ्वीनारायण शाहले चन्द्रागिरिबाट काठमाडौं उपत्यका एकीकरण अभियान भालेश्वर महादेवको दर्शन गरेर सुरु गरेको ऐतिहासिक तथ्य रहेको छ ।

हास्यकलाकार तथा चन्द्रागिरि हिल्सका सद्भावना दूत मदनकृष्ण श्रेष्ठले भने ‘चन्द्रागिरिबाट यति धेरै हिमाल देखिन्छ, जति हे¥यो त्यति हेरुँहेरुँ लाग्छ, यहाँबाट चारैतिर मनमोहक दृश्य देखिन्छ ।’

कलाकार श्रेष्ठ चन्द्रागिरि काठमाडौं उपत्यकाको मात्र नभएर बाहिरबाट आउने पर्यटकका लागि पनि निकै राम्रो पर्यटकीय गन्तव्य बन्ने सम्भावना रहेको बताउ ।

हास्यकलाकार तथा चन्द्रागिरि हिल्सका अर्का सद्भावना दूत हरिवंश आचार्यलाई काठमाडौंको टोपी जस्तो लाग्छ चन्द्रागिरि । चन्द्रागिरिबाटै शान्त वातावरणमा यति धेरै सुन्दर दृश्य देख्न पाइन्छ, मनै आनन्दित हुन्छ उनले भने ।

त्यस्तै, हास्यकलाकार तथा चन्द्रागिरि हिल्सका सद्भावना दूत रहेका दीपकराज गिरी र दीपाश्री निरौलालाई पनि चन्द्रागिरि हिल्सलाई पर्यटकको नमुना गन्तव्य रूपमा विकास गर्न सकिने बताए ।

चन्द्रागिरि हिल्स प्रा.लि.का अध्यक्ष चन्द्र ढकालले त्यति सहज तरिकाले यो परियोजना सञ्चालन नभएको र अनुमति लिनका लागि मात्र पाँच वर्ष समय खर्चेको बताए ।

दुई वर्षसम्म चलेको निर्माण कार्यपछि मात्र अहिलेको अवस्थामा आएको उनको भनाइ छ । अध्यक्ष ढकालका अनुसार ११ महिनामा साढे पाँच लाख पर्यटकले चन्द्रागिरिको भ्रमण गरिसेकाका छन् । हिल्सले रु.छ करोड राजस्व सरकारलाई बुझाएको छ ।

चन्द्रागिरि हिल्सको प्रवद्र्धनात्मक भिडियो बुधबार सार्वजनिक गरिएको छ । सो भिडियोमा हाँस्यकलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौलालगायतको भूमिका रहेकोे छ ।

प्रवद्र्धनात्मक टेलिभिजन विज्ञापनको निर्देशन तथा परिकल्पना दिनेश डिसीले गरेको छ भने बाल कलाकार अनुरोध अधिकारी, निमिशा ढकाल, सैवी ढकाल र सफल झाले त्यसमा अभिनय गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....