लालझाँडी गाउँपालिकामा माओवादी केन्द्रको विजयी

प्रकाशित मिति: १७ असार २०७४, शनिबार ०८:११


कञ्चनपुर, असार १७ ।
लालझाँडी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष र उपाध्यक्षका उम्मेदवार विजयी भएका छन् ।

गएराति अबेरसम्म मतगणना गरेर अन्तिम परिणाम सार्वजनिक गरेनुसार लालझाँडी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका मदन बडायक र उपाध्यक्षमा माओवादीकै सत्यादेवी महरा विजयी भएका हुन् ।

लालझाँडी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयकाअनुसार बडायक आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका निर्मल रानालाई एक सय ४५ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन् ।

बडायकले दुई हजार पाँच सय नौ र रानाले दुई हजार तीन सय ६४ मत तथा उपाध्यक्षमा माओवादी केन्द्रका सत्यादेवी महराले दुई हजार तीन सय ४५ र उनका निकटम प्रतिद्वन्द्वी एमालेकी फरिता चौधरीले दुई हजार दुई सय २१ मत ल्याएका छन् ।

लालझाँडीमा माओवादी केन्द्र र कांग्रेस तीन तीन वडामा विजयी भएका छन् । माओवादी केन्द्र ३, ४ र ६ कांग्रेस १, २ र ५ मा विजयी भएका हुन् । माओवादी केन्द्रबाट क्रमशः वडा नं. ३ मा टीकाराम चौधरी, ४ मा बहादुर राना र ६ मा पोतिलाल चौधरी तथा कांग्रेसबाट वडा नं. १ र २ मा क्रमशः हेमराज र राजा राना तथा ५ मा नन्दलाल अवस्थी निर्वाचित भएका छन् ।

लालझाँडीमा १० हजार आठ सय ५१ मतदातामध्ये आठ हजार नौ सय ६२ मत खसेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....