मतपेटिकाको मत सङ्ख्यालाई आधार मान्ने आयोगको निर्णय

प्रकाशित मिति: १७ असार २०७४, शनिबार १६:५७


काठमाडौ, असार १७ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतगणनाको क्रममा मतपेटिकामा रहेको मतसङ्ख्यालाई नै वास्तविक मतसङ्ख्या मानेर मतगणना अगाडि बढाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्देशन दिने निर्णय गरेको हो ।

यहीँ असार १४ गते दोश्रोे चरणमा सम्पन्न गाउँपालिका/नगरपालिका निर्वाचनको मतगणनाको क्रममा कुनै स्थानीय तहमा मतदान अधिकृतले उल्लेख गरेको मतपत्रको सङ्ख्या र मतगणनाको क्रममा देखिएको मतपत्रको सङ्ख्यामा फरक परेका घटना देखिएपछि आयोगले पछिल्लो निर्णय लिएको हो ।

रितपूर्वक मतदान सम्पन्न भई मतपेटिका सिलबन्दी गरिएको र मतपेटिकामा लगाइएका सुरक्षण सिल दुरूस्त रहेकोमा मतपेटिकामा देखिएको मतसङ्ख्यालाई नै वास्तविक मतसङ्ख्या मानेर गणना गर्न सबै निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

 


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....