प्यूठानमा नौवटा मध्ये आठवटा गाँउपालिकाकाे नतिजा सार्वजनिक, कांग्रेस र एमालेको बराबरी जित

प्रकाशित मिति: १८ असार २०७४, आईतवार १७:१८


प्यूठान, असार १८ ।
स्थानीय तह दोस्रो चरणको निर्वाचनमा जिल्लाको नौवटा मध्ये आठवटा तहको परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) तीन/तीन तथा राष्ट्रिय जनमोर्चा दुईवटामा विजयी भएको छ ।

कांग्रेस गौमुखी, नौबहिनी र ऐरावती गाँउपालिकामा, एमाले स्वर्गद्वारी नगरपालिका, माण्डवी गाँउपालिका र सरुमारानी गाँउपालिका तथा राष्ट्रिय जनमोर्चा झिमरुक र मल्लरानी गाउँपालिकामा विजयी भएको छ ।

गौमुखी गाँउपालिकाको अध्यक्षमा कांग्रेसका विष्णुकुमार गिरी तीन हजार ७४२ मत ल्याई विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र र राजमोका संयुक्त उम्मेदवार विधुर मल्लले दुई हजार ५७४ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकी तुल्सी सुनार तीन हजार ९० मतसहित विजयी भयो भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानुमाया केसीले दुई हजार ६२७ मत प्राप्त गरेका छन् ।

यस्तै, नौबहिनी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शिव रिजाल पाँच हजार ७३५ मत ल्याई विजयी भयो । उनका निकटतम प्रतिद्वन्द्वी एमाले र राजमोका संयुक्त उम्मेदवार डिलाबहादुर थापाले चार हजार ७७५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादी केन्द्र र कांग्रेसका संयुक्त उम्मेदवार घनबहादुर बुढाले पाँच हजार २०५ मत ल्याई विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी एमाले र राजमोका संयुक्त उम्मेदवार रामबहादुर केसीले तीन हजार ७२५ मत प्राप्त गरे ।

यसैगरी ऐरावती गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नविलविक्रम शाह दुई हजार ४९० मत ल्याई विजयी भयो । उनका निकटतम प्रतिद्वन्द्वी एमाले र माओवादी केन्द्रको संयुक्त उम्मेदवार टिकाबहादुर गुरुङले दुई हजार ४७४ मत प्राप्त गरे । उपाध्यक्षमा माओवादी केन्द्रका बुद्धबहादुर बस्नेतले दुई हजार १९९ मत ल्याई विजयी भएको हो । बस्नेतले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी जलजला थापालाई पराजित गरे ।

यसैगरी स्वर्गद्वारी नगरपालिकाको नगर प्रमुखमा एमालेका नेत्रबहादुर रोकाय चार हजार ५९८ मत ल्याई विजयी भयो । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र र राजमोका संयुक्त उम्मेदवार वीरबहादुर पुनले तीन हजार ६४५ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकी गोमा रेग्मी चार हजार ४५८ मत ल्याई विजयी भयो । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी दुर्गा रेग्मीले तीन हजार ३७० मत प्राप्त गरे ।

माण्डवी गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीधर रोकाय एक हजार ७५३ मत ल्याई विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नवराज अधिकारीले एक हजार ७४१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकी मुगा पुन एक हजार ८३५ मत ल्याई विजयी भयो । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सम्झना घर्तीले एक हजार ७६९ मत प्राप्त गरेका छन् ।

सरुमारानी गाउँपालिकाको अध्यक्षमा एमालेका झगबहादुर बिश्वकर्मा तीन हजार ६७७ मत ल्याई विजयी भयो । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दोरबहादुर दर्लामी मगरले दुई हजार २४१ मत ल्याए । उपाध्यक्षमा एमालेकी मीना सोमै तीन हजार ६८० मत ल्याई विजयी भएको छ । उनले माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरेका हुन् ।

यस्तै झिमरुक गाउँपालिकाको अध्यक्षमा राजमोका तिलक जिसी तीन हजार ६६० मत ल्याई विजयी भयो । उनका निकटतम प्रतिद्वन्द्वी पितबहादुर एमसीले दुई हजार ७८२ मत ल्याए । उपाध्यक्षमा राजमोकी पवित्रा जिसी तीन हजार ७७९ मत ल्याई विजयी भयो । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी राधा जिसीले दुई हजार ५२६ मत प्राप्त गरे ।

मल्लरानी गाउँपालिकाको अध्यक्षमा राजमोका अम्मरध्वज राना विजयी भए । उनले एमालेका इमानसिंह भारतीलाई पराजित गरेका छन् ।
उपाध्यक्षमा राजमोकै सरीता जिसी विजयी भयो । उनले एमालेकी सरस्वती पोखरेललाई पराजित गरेका हुन् ।

प्यूठान नगरपालिकाको मतगणना जारी छ । हाल सम्म गणना भएको चारवटा वडामा एमाले, राजमो, कांग्रेस र माओवादी केन्द्र एक÷एक वटा वडाध्यक्षमा विजयी भएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....